एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं । नेकपा एमालेले शुक्रबार संसद्मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विपक्षी दलका नेता प्रति दिएका अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिएको छ ।
बडुको भनाई रेकर्डबाट नहटाएसम्म र एमाले अध्यक्ष ओली प्रति लगाएको आरोपका विषयमा छानबिन गर्न समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेले जनाएको छ । १५ मिनेटका लागि समामुखले बैठक स्थगित गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्नुभएको कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भन्नुभएको थियो
लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्नुभयो । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राख्नुभयो । तर, एमाले सांसदको अबरोध निरन्तर रह्यो ।
‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरू फेरि उठ्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्