स्थानीय तह निर्वाचनः ७५० पालिकामध्ये कुन दलले कति जिते ?

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।
हालसम्म देशभरका ७५३ मध्ये ७५० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुँदा निर्वाचन आयोगमा दर्ता भएका १४ वटा राजनीतिक दलले प्रमुख पद जितेर दलीय अस्तित्व कायम गरेका छन् ।
जसमध्ये सबैभन्दा बढी ३२७ स्थानमा प्रमुख पद जितेर नेपाली कांग्रेस पहिलो दल बन्दा नेकपा एमाले २०५ स्थानमा प्रमुख पद जितेर दोस्रो बनेको छ ।
उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगामा अहिलेसम्म नतिजा आएको छैन ।
प्रमुख पदमा १२१ सिट जितेर माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेस र एमालेबीच प्रमुख पदमा १२२ सिट फरक छ भने एमाले र माओवादीबीच ८३ सिटको फरक छ ।
संसदको चौथो पार्टी जनता समाजवादीले ३० सिट जितेर स्थानीय तहमा चौथो स्थान बनाएको छ भने संसदको तेस्रो पार्टी नेकपा एकीकृत समाजवादीले २० सिट जितेर पाँचौं स्थान सुरक्षित गरेको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुखतर्फ १६ सिट जितेर पाँचौं दल बन्दा राप्रपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी बराबरी चार–चार सिट जितेर छैटौं स्थानमा छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टी २ सिट जितेर सातौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीले एक–एक सिट जितेका छन् ।
स्वतन्त्र र बागी उम्मेदवारहरुले १३ वटा स्थानीय तहमा प्रमुख पद जितेका छन् ।
उपप्रमुखमा कुन दलकाे कति विजयी ?
प्रमुख पदमा कांग्रेसभन्दा १२२ सिट पछि परेको एमालेले उपप्रमुखमा भने ३३ सिट बढी जितेको छ । कांग्रेसले ३०० सिट जित्दा एमालेले २३८ जितेर ६२ सिट पछि परेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रमुख र उपप्रमुखको मतभार बराबर हुन्छ । यस हिसाबले कांग्रेसको ६२७ र एमालेको ४४३ मत हुनेछ । नेकपा माओवादी केन्द्रले उपप्रमुखतर्फ १२६ स्थान जित्दा जसपाले ३१ र नेकपा एसले २४ स्थान जितेका छन् ।
त्यस्तै लोसपाले १२ सिट जितेको छ भने राप्रपा र राष्ट्रिय जनमोर्चाको बराबरी चार–चार सिट छ । अन्य साना दलले एक–एक सिट उपप्रमुख जित्दा तमलोपाले एक सिट पनि जितेको छैन । देशभर ४ जना स्वतन्त्रले उपप्रमुख पद जितेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचनको मतपरिणाम, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्