Techie IT
आईतबार, वैशाख ७,२०८२

आरुघाटमा स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु


गोरखा। गोरखाको आरुघाट गाउँपालिकामा महिलाहरुका लागि सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ ।

आरुघाट गाउँपालिकाको आयोजना तथा आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमलाई पालिकाका अध्यक्ष राजु गुरुङ र उपाध्यक्ष कल्पना नेपालीले उद्घाटन गरेका थिए ।

बुधबारबाट सुरु भएको तालिममा १० वटै वडाका १८ जना सहभागी छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सो अवधिमा स्वस्थ्य सम्बन्धी आधारभूत सीप सिकाईने पालिकाका हेल्थ असिस्टेन्स प्रबिन थापाले बताए ।

आरुघाटका आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा तालिम सुरु भएको हो । कार्यक्रममा स्वथ्य क्षेत्रमा निरन्तर खटिएका स्वयंसेविकाहरुको सेवा बढाउदै लैजाने बताउदै उनीहरुमध्य पनि उत्कृष्ट काम गर्नेलाई कार्यसम्पादन र मूल्यांकनका आधारमा पुरस्कृत गर्ने पालिका अध्यक्ष राजु गुरुङले बताए ।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । स्वास्थ्य शाखाका सहसंयोजक सुनिता अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेका थिइन् ।


क्याटेगोरी : स्थानीय, स्वास्थ्य
ट्याग : #आरुघाट गाउँपालिका, #राजु गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545