समुदायबाटौ अपराधको नियन्त्रण गर्ने तारकेश्वरमा समुदाय प्रहरी समिति गठन

पुकार तिमल्सिना
गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।
नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउँछन् ।
यसै बिच तारकेश्वर नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कार्यन्वयन गर्नको लागि नगरस्तरीय समिति गठन भएको छ ।
नगरपालिकाका प्रमुख रामेश्वर बोहोराको संयोजत्वमा समिति गठन भएको हो ।
नगरपालिका भित्र रहेका बिभिन्न संघ संस्था , नागरिक समाज र पत्रकारहरुबाट ४८ सदस्यीय समिति गठन गरिएको बालाजु प्रहरी प्रमुख चिरन्जीवी कोइरालाले बताए ।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय जनसमुदायको सहयोगमा फरार अपराधीसमेत नियन्त्रणमा लिन सहज हुने प्रहरीको बिश्वास छ ।
विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने महानगरिय प्रहरी बालाजुका प्रमुख कोइरालाले बताए ।
तारकेश्वर नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कार्यन्वयन गर्नको लागि गठित समुदाय प्रहरी पालिका समितिका पदाधिकारी तथा सदस्यहरु
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वरमा समुदाय प्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्