काठमाडौं महानगरको मेयरमा वालेन्द्र साहको जित निश्चित

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंहभन्दा उनले २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही पालिका प्रमुख र वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था आएको छ । धरानमा हर्कराज साम्पाङ राई, धनगढीमा गोपाल हमाल र जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #वालेन्द्र साह (बालेन)
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्