Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखराको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी


पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरूङ विजयी भएका छन् ।

मेयर निर्वाचित आचार्यका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाएका छन् । एकीकृत समाजवादीका आचार्य पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतका साथ विजयी बनेकी छिन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८८३ मत बढी प्राप्त गरेर जित हासिल गरेकी हुन् ।

यसैबीच मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएपछि एमालेका उम्मेदवार कृष्ण थापाले आचार्यलाई पहिलो माला लगाइदिएर शुभकामना व्यक्त गरेका छन् । मेयरमा पराजित थापाले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उनको प्रशंसा हुन थालेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #धनराज आचार्य, #पोखरा महानगरपालिका, #मञ्जु गुरूङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545