Techie IT
सोमबार, वैशाख ८,२०८२

कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति सोही कार्यालयमा वडाध्यक्ष


दाङ। दाङमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्तिलाई सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पुरा गर्ने अवसर प्राप्त भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ८ मा निर्वाचीत वडा अध्यक्ष चन्द्रबहादुरु गुरुङ्ग पाँच बर्ष सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यारत हुनुहुन्थ्यो ।

चन्द्रबहादुर गुरुङ्ग झण्डै पाँच बर्ष राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी पदमा कार्यरत हुनुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछी चन्द्रबहादुर गुरुङ्ग कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थाल्नु भएको थियो ।

कार्यालय सहयोगीको पदबाट राजिनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर निर्वाचित हुनु भएको छ ।

कार्यालय सहयोगी पदमा रहँदा सबै काम गर्नुपर्‍यो । सरसफाई देखी झाडु, पोछा सम्म । यती मात्र होइन, सिफारिसका काम समेत चन्द्रबहादुरले नजिकबाट सिक्ने अवसर पाउनुभयो ।

अहिले उहाँ चन्द्रबहादुर वडाअध्यक्ष भएको देख्दा स्थानीय पनि खुसी भएका छन् । जनतालाई सेवा दिने ठाउँमा पुगेको भन्दै स्थानीय खुसी भएका हुन् ।

वडा अध्यक्ष पदमा उहाँ जस्तै अन्य व्यक्तिहरु पनि उम्मेदवार बनेका थिए । तर, उहाँले सबैभन्दा धेरै मत प्राप्त गर्नु भयो । त्यो जनमतले कार्यालय सहयोगीको कुर्सी देखी वडा अध्यक्षको कुर्सीसम्म पुर्‍याएको छ ।

नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलार्ए १३४ मतले पछी पार्दै नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #चन्द्रबहादुरु गुरुङ्ग, #राप्ती गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545