माग्ने बुढाको निर्देशनमा बनेको कमेडी हब भोलिदेखि प्रशारणमा आउँदै

काठमाडौं । हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रशारण हुने भएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो । युवा हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपीवान टेलिभिजनबाट हरेक बुधबार बेलुका ८ बजेपछि आउने भएको छ ।
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यस कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै महजोडीले शोको सफलताको कामना दिए ।
अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा हाँस्यव्यङ्ग्य विधालाई रुचाइन थालिएको बताए । अभिनेता मनोज गजुरेलले हँसाउनु, सामाजिक सन्देश र एकताको सन्देश दिनु कमेडीको उद्देश्य रहेको बताए ।
अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले पछिल्लो समय टेलिभिजन हेर्ने बानी कम भएको भन्दै अहिले दर्शकले टीभी नभएर टीभीले दर्शक हेर्ने परिस्थिति आएको भन्दै ठट्टा गरे ।
एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो । कार्यक्रममा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त,सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किने छन् ।
जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने जनाइएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #माग्ने बुढा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्