७३० पालिकाको अन्तिम परिणाम सार्वजनिक: यस्तो छ परिणाम

काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
जसमध्ये नेपाली कांग्रेसले ३ सय २१, नेकपा एमालेले २ सय र नेकपा माओवादी केन्द्रले १ सय २० स्थानीय तहको प्रमुख पद जितेका छन्। जनता समाजवादी पार्टी जसपाले २९, नेकपा एकीकृत समाजवादीले १७, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४र४ स्थानीय तह जित्दा १२ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
मतगणना चलिरहेका पाँच महानगरपालिका, २ उपमहानगरपालिकासहित २१ स्थानीय तहको नतिजा आउन बाँकी छ। तीमध्ये नेकपा एमाले ७, नेपाली कांग्रेस ४, माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी २ र अन्य उम्मेदवार ६ स्थानमा अगाडि छन्।
उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरु भएको छैन्। कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीगंगा नगरपालिका ८ को मतदान स्थगित गरिएको थियो। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएको थियो।
त्यसपछि कांग्रेस र एमालेले अहिलेकै अवस्थामा मतगणना गर्नुपर्ने र एकीकृत समाजवादी लगायतका दलले पुनः मतदानको माग गरेकाले मतगणना सुरु हुन नसकेको हो।
«
क्याटेगोरी : समाचार
ट्याग : #७३० पालिकाको अन्तिम परिणाम, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्