Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं महानगर २३ मा मचाराजा महर्जन विजयी


काठमाडौं । काठमाडौं महानगरपालिका २३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन निर्वाचित भएका छन्। उनले १ हजार १६१ मत प्राप्त गरे।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे। महिला सदस्यमा पनि नेकपा एमालेकी चन्द्रदेवी मानन्धर १ हजार १०१ मत ल्याएर विजयी भएकी छन्। नेपाली कांग्रेसकी रिता माथेमाले ९८४ मत प्राप्त गरिन्।

खुला सदस्यमा नेपाली कांग्रेसका गोपाल नापितले १ हजार ६५ मत ल्याएर निर्वाचित भए भने नेकपा एमालेका ओमकृष्ण मानन्धरले ७५८ मत ल्याए।

अर्को खुल्ला सदस्यमा पनि नेपाली कांग्रेसका सुरेश मानन्धरले ८५३ मत ल्याएर निर्वाचित भए एमालेका अन्जु बज्राचार्यले ७४६ मत ल्याइन्।

यो वडामा दतिल महिला सदस्यमा भने उम्मेदवारी नै परेको थिएन।


क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका, #मचाराजा महर्जन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545