Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरा महानगरपालिकामा धनराजको अग्रता कायमै


 पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श‌ंकर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४४ हजार ९५० मत ल्याएर पहिलो स्थानमा छिन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत ल्याएर दोस्रो स्थानमा छिन् भने राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ४७४१ मत ल्याएर चौथो स्थानमा छिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #धनराज आचार्य, #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545