Techie IT
मंगलबार, वैशाख ९,२०८२

इटहरीमा इतिहास रचेका कांग्रेसका: हेमकर्ण पौडेल


इटहरी। इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले जित निकालेका छन्। कांग्रेसको सोही नगरका सभापति रहेका पौडेलले एमालेको किल्ला रहेको इटहरीमा कांग्रेसको कदलाई बढाएका हुन्।

यद्यपि कांग्रेस २० वटा वडा रहेको इटहरीका वडाध्यक्ष र सदस्यमा भने खुम्चिएको छ। ०७४ मा १२ वडा जितेको कांग्रेसले ७ वडा गुमाएको छ। १५ वडासहित उपमेयरमा संगीता चौधरीसहित एमालेले जित निकालेको छ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका पौडेलले निकटतम प्रतिस्पर्धी एमालेका यामकुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन्। पौडेलले ३३ हजार ४९ मत ल्याए। सुब्बाको २८ हजार ३१ मत मात्र आएको थियो।

उपमेयरमा चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याइन्। सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशव बिष्टलाई १८ हजार ३१ मत मात्र जनताले दिएका छन्।

हेमकर्णको जित्ने काइदा

आक्रामक भाषणसहित युवा पुस्ताको मन जितेका हेमकर्णयले यस पटकको चुनावी प्रचारमा कांग्रेसका लागि मात्र नभएर इटहरीको जितका निम्ति मत दिन अपिल गर्दै आएका थिए।

निवर्तमान मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको कार्यकालको गतिविधिका कारण पनि स्थानीय जनताले हेमकर्णलाई पत्याएका हुन्। ‘अवसरको सदुपयोग गर्ने मौका भयो। एमालेले स्थानीय सरकार चलाउँदा निक्कै गल्ती गरेको थियो’, एक स्थानीय भन्छन्,‘इटहरीको दुखका रुपमा रहेको बाढीको विषयलाई मुद्दा बनायो तर त्यसको समाधान दिने काम भएन।’

चौधरी कार्यकालका दौरानमा धेरै पटक विवादमा आएका कारण पनि पौडेललाई स्थानीय जनताले पत्याउनुपर्ने अवस्था आएको बताइन्छ। ०७४ पछिका ५ बर्षमा पौडेल स्थानीय जनता र मतादाताका हरेक काममा सक्रिय रहेका थिए। उनलाई एमालेकै मतादाताको मतले पनि सहयोग गरेको बताइन्छ।

मतगणनास्थलमा रहेका कतिपय प्रतिनिधिका अनुसार एमालेका मतदाताले मेयरमा हेमकर्ण र बाँकीमा सूर्यलाई मत दिएको पनि पाइएको थियो। एक हिसाबले एमालेभित्र भएको अन्तरघात पनि हेमकर्णलाई जिताउने एउटा कारण बनेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #इटहरी उपमहानगरपालिका, #हेमकर्ण पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545