Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वर नगरपालिकाको पहिलो कार्यपालिका बैठक : के के भए पाँच महत्वपूर्ण निर्णय ?


काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णहरि महर्जनले एकैपटक पाँच निर्णय गरेका छन् ।

यी हुन् पाँच निर्णयहरु :

१) लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आन्दोलन गर्ने शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै तारकेश्वर नगरपालिकाभित्रका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद प्रकट गरियो ।
२) २०७४ सालमा निर्वाचित पूर्व जनप्रतिनिधिहरुप्रति धन्यवाद ज्ञापन गरियो ।
३) “एक घर, एक धारा” अचियानन सञ्चालन गरेर नगरबासीमा स्वच्छ खानेपानीको व्यवस्था गर्न तारकेश्वर नगरपालिका र संघ प्रदेशको सहयोगमा खानेपानीको अवधारणालाई पुरा गर्ने ।
४) करको दर घटाउने र करको दायरा फराकिलो बढाउँदै जाने ।
५) तारकेश्वरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545