प्रधानसेनापति शर्माद्वारा माछेखाेला ब्रिज उद्घाटन

गोरखा। नेपाली सेनाले गोरखाको माछेखोलामा निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । नेपाली सेनाले दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको माछाखोला पुलको बिहिबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ शर्मा, सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाल, पुल महशाखाका उपमहानिर्देशक उमेशविन्दू श्रेष्ठ लगायत सहभागी थिए ।
बेनिघाट, आरुघाट लार्के सडक निर्माण गरिरहेको नेपाली सेनाले हालै माछाखोलामा १२० फिट बेलिब्रिज निर्माण गरेको थियो ।
२०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ ।
दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रभुराम शर्मा, #माछाखोला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्