Techie IT
शनिबार, वैशाख ६,२०८२

सिरानचोक गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसले जितेको छ । नेपाली काँग्रेस तर्फ बाट गाउँपालिका अध्यक्ष पदको उम्मदेवार ज्ञानेन्द्र गुरुङ र उपाध्यक्ष पदका उम्मदेवार रिता देवकोटा विजयी भएका हुन् ।

अध्यक्ष गुरुङले ५ हजार ४ सय ३ मत प्राप्त गरे । उनका निटकतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गरे ।

नेकपा एमालेका देवराज श्रेष्ठले १ हजार ५ सय ४५ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा विजयी देवकोटाले ४ हजार ८ सय ४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मदेवार पुर्ण कुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गरिन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##गोरखा, #ज्ञानेन्द्र गुरुङ, #रिता देवकोटा, #सिरानचोक गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545