Techie IT
बिहीबार, माघ २४,२०८१

सुनवल नगरपालिकामा एमालेकी विमलाअर्याल विजयी


नवलपरासी। नवलपरासीको सुनवल नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

गठबन्धलाई हराउँदै मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् ।

अर्यालले १४ हजार ८३८ ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए ।

त्यस्तै, उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए ।

यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

१३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नवलपरासी, #विमलाअर्याल, #सुनवल नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:49 pm +0545