गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना अपाध्यक्षमा ललिता अधिकारी निर्वाचित

गाेरखा- गण्डकी गाउँपालिकाकाे अध्यक्षमा दीपक तिमिल्सिना निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले कांग्रेसका उम्मेदवार हाेमबहादुर रानालाई १ हजार ६७१ मतान्तरसहित निर्वाचित भएका हुन् । राना निवर्तमान पालिका अध्यक्ष हुन् ।
तिमिल्सिनाले ६ हजार ३२६ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका राना ४ हजार ६६५ मतका साथ पराजित भएका हुन् ।
रानाले तिमिल्सिनाई २०७४ काे निर्वाचनमा २८१ मतले पराजित गरेका थिए । कुल १८ हजार ५३१ मतदाता रहेकाे गण्डकीमा ६५ प्रतिशत मत खसेकाे थियाे ।
उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छिन् । उनले जनता समाजवादीका उम्मेदवार भिमनारायण श्रेष्ठलाई ७७७ मतान्तरसहित निर्वाचित भएकि हुन् । अधिकारीले ४ हजार ४२१ र श्रेष्ठले ४ हजार ४४ मत पाएका छन् ।
गण्डकीका अधिकांश वडा माओवादीले जितेकाे छ । वडा न १ मा माओवादीका तोप मान गुरुङ, वडा न २ मा माओवादीका यामबहादुर थापा, वडा न ३ मा कांग्रेसका सुवास पन्त, वडा न ४ मा नेकपा एमालेका राजुबाबु भण्डारी निर्वाचित भएका हुन् ।
वडा न ५ मा माओवादीका पहलमान बाेगटी, वडा न ६ मा माओवादीका तुलबहादुर गुरूङ, वडा न ७ मा माओवादीका तुलसी रेग्मी र वडा न ८ मा माओवादीका कोकिल वहादुर पुलामि मगर निर्वािचत भएका हुन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #दीपक तिमिल्सिना, #ललिता अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्