Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमालेले भन्यो– गठबन्धनले निर्वाचनमा धाँधली गर्यो


काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको र मतगणनामा पनि गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ । एमालेले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनमाथि विभिन्न १५ बुँदे आरोप लगाएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545