Techie IT
मंगलबार, वैशाख ९,२०८२

रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले लियो अग्रता


बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिएको छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545