Techie IT
मंगलबार, वैशाख ९,२०८२

बैतडीको सुर्नया– १ मा एमाले र शिवनाथ– १ मा कांग्रेस प्यानलसहित विजयी


बैतडी । बैतडीको सुर्नया गाउँपालिका– १ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द विजयी भएका छन् । शिवनाथ गाउँपालिका– १ को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानलसहित विजयी भएका छन् ।

चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा नं. २ को मतगणना जारी छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545