Techie IT
सोमबार, वैशाख ८,२०८२

भिमसेनथापा २ मतदान केन्द्रमा प्रहरीकै गोली चलेको पुष्टी


गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा चलेको गोली प्रहरीकै रहेको पुष्टि भएको छ ।

कांग्रेस र एमाले कार्यकर्ता बिच बिवाद भएपछि भिड नियन्त्रण गर्न हवाई फायर गर्ने तयारी गर्दैगर्दा प्रहरीको हातबाट गोली चलेको एसपी केदार खनालले बताए । भिड नियन्त्रण गर्न एसएलआर बन्दुकमा गोली लोड गरेर उठाउँदै प्रहरीको हातबाट पड्कीएको उनले बताए । ‘हवाई फायर नगरी स्थिती नियन्त्रणमा लिन सक्ने अवस्था थिएन’ उनले भने ‘तर मिस फाएर भयो, बन्दुक छिटो पड्कीयो ।’

उक्त गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिषा थापा मगर घाईते भएकी छिन् । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लैजाने तयारी भएको छ । गोली चलेपछि मतदान साँढे चारबजेदेखि स्थगित भएको थियो । अब कसरी मतदान सुरु गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बस्दैछ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545