Techie IT
मंगलबार, वैशाख ९,२०८२

निर्धक्क भएर मतदान गर्न बालाजु प्रहरी बृतका नायब उपरीक्षक मिश्रको आग्रह


काठमाडौं । यही बैशाख ३० गते अर्थात भोलि शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंस्थित बालाजु प्रहरी बृतका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले त्यस क्षेत्रका सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो मातहातमा रहेका सम्पूर्ण मतदान केन्द्रमा सुरक्षाको राम्रो व्यवस्था गरेकाले मतदानका दिन कुनै घटना नहुने बताए । साथै, डिएसपी मिश्रले विभिन्न मतदान केन्द्रमा सुरक्षाको लागि प्रहरी टोली खटाएकाले निर्वाचन लक्षीत जोकोही गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्ने बताए ।

उनले ठाउँ–ठाउँमा मोवाइल व्हेकल रहने र मतदाताको साथमा प्रहरी हुने बताए । त्यस्तै, डिएसपी मिश्रले निर्वाचनलाई लक्षीत गरि भएको मौन अवधीमा मदिरा विक्रि वितरण र सेवन नगर्न पनि आग्रह गरेका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #गौतम मिश्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545