के भयो भने मत बदर हुन्छ ?

काठमाडौं । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ ।
निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ ।
मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुने गर्छ ।
उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ ।
कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ ।
आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्