Techie IT
मंगलबार, वैशाख ९,२०८२

यस्तो छ तीन दिनको मौसम


काठमाडौं । आज मंगलबार वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असर रहेको छ ।

जसकारण दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #माैसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545