सुनिता डंगोलले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने

काठमाडौं । एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।
काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।
‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’
काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् ।
सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई निजाउनुपर्ने बताइन् । जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्