Techie IT
मंगलबार, वैशाख ९,२०८२

जनताको चाहनाअनुसार पुनः टोखा– ७ मा उम्मेदवारी दिएँ : नरोत्तम राना


काठमाडौं । टोखा नगरपालिका–७ मा नेकपा एमालेबाट पुनः वडाध्यक्षको रुपमा उम्मेदवारी दिएका नरोत्तम राना मगरले त्यहाँका जनताको चाहना अनुसार पुनः उममेदवारी दिएको बताएका छन् ।

२०७४ मा पनि चुनाव जितेर उक्त वडामा नेतृत्व गरि धेरै विकास निर्माण गरेको जिकिर गर्दै नेता रानाले यही बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पनि फेरि जनताले आफ्नै नेतृत्व खोजेको बताएका हुन् ।

साथै, उनले आफूले विगतमा गरेको कार्य शैलिप्रति पार्टीले विश्वास गरेर टिकट दिएको समेत बताए । उम्मेदवार रानाले फेरि चुनाव जितेर बाँकी रहेका केहि अधुरा विकास निर्माण पूरा गर्ने प्रतिबद्धता अघि सारेको बताए ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545