अधुँरा कामलाई पुरा गर्न ३० गते जनताले हामीलाई नै जिताउँछन भन्नेमा ढुक्क छु : मिठाराम अधिकारी

काठमाडौं । कपनका रैथाने मिठाराम अधिकारी यसपटक बूढानीलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी छन् । २०५४ सालमा साविक कपन गाविसको अध्यक्ष निर्वाचित भएयता उनी कुनै निर्वाचन लडेका छैनन् ।
अघिल्लो निर्वाचनमा बूढानीलकण्ठमा बहुमत जितेको एमाले यसपटक पनि आफ्नो बर्चश्व कायमै राख्न खोज्दैछ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेको यो क्षेत्र काठमाडौं महानगरपालिकापछि चर्चित चुनावी मैदान पनि हो । यसअघिको नेतृत्वले अगाडि बढाएका राम्रा कामलाई निर्वाचित भएपछि पुरा गर्ने मेयरका उमेदवार मिठाराम अधिकारीले बताए ।
भौतिक पूर्वाधार, बाटो, खानेपानीसँगै शिक्षामा पनि आमूल परिवर्तनको खाँचो छ । म निर्वाचित भएपछि सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि लागिपर्ने वचन पनि दिएको छु । उनले भने ।
बूढानीलकण्ठ नगरपालिकाले अहिले अस्पताल बनाइरहेको छ । संचालनमा चाहिँ आएको छैन । अहिले उपस्वास्थ्य चौकीहरुले काम गरिरहेका छन् । उक्त अस्पताललाई संचालनमा ल्याएर जनतालाई ५० प्रतिशतभन्दा बढी छुटमा उपचार गर्ने सुविधाको व्यवस्थापन गर्नुपर्छ भनेर लागेको छु । फोहरमैला व्यवस्थापनका लागि विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । अर्को आर्थिक परिवर्तनको मुल मुद्दा छ । आर्थिक परिवर्तन भएन भने देश विकास हुन सक्दैन ।
हाम्रो अहिलेका मेयर उद्धव खरेल र उपमेयर रमा राईले अघि सार्नुभएको विकासका आयोजनालाई पूर्णता दिँदै नयाँ कामहरु अघि बढाउँछौं । हामी यहाँका सबै जनताबीच परिचित अनुहार भएकाले चुनाव जित्छौ भन्नेमा आशावादी छौ, मेयर उमेदवार अधिकारीको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मिठाराम अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्