यस्तो छ भिमसेनथापा गा.पा– ३ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार लामिछानेको प्रतिबद्धता

गोरखा । स्थानीय तहको निर्वाचन आउन चार दिन मात्र बाँकी छ ।निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले आ–आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने गरेका छन् ।
स्थानीय तहको निर्वाचन लक्षित गर्दै भिमसेनथापा गाउँपालिका–३ कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले पनि आफुहरुको २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई सैद्धान्तिक आधार बनाई स्वाभिमानपूर्वक अघि बढिरहेको पार्टी र यसको गर्विलो इतिहास, सैद्धान्तिक आधार एवं विशिष्ट कार्यहरु निकै महनीय रहेको उनीहरु बताउँछन् ।
आफ्नो वडालाई समृद्ध तुल्याउन उनीहरुले निम्न २१ बुँदे प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
१. असल, इमान्दार, कर्तव्यनिष्ठ र लगनशीलतापूर्वक निष्काम भावका साथ वडाबासीहरुको सेवामा
समर्पित हुनेछौं ।
२. वर्तमान जनप्रतिनिधिज्यूहरुबाट गरिएका राम्रा कामहरुको सम्मान गर्दै अधुरा कामहरु पूरा गर्नेछौं ।
३. वडा कार्यालयको मौजुदा संरचनालाई सुव्यवस्थित र प्रविधिमूलक तुल्याउनेछौं । साथै वडाबाट हुने
सेवा प्रवाहलाई सरल, छरितो एवं प्रभावकारी तुल्याइनेछ ।
४. तान्द्राङ स्वास्थ्य चौकीबाट प्राप्त भइरहेको सेवालाई अझ प्रभावकारी एवं सुव्यवस्थित गरिनेछ ।
५. वडाभित्रका विद्यालयहरुमा गुणस्तरीय एवं प्रविधिमैत्री शिक्षणमा जोड दिन आवश्यक पहलकदमी
गरिनेछ । साथै अनुगमन प्रणालीलाई सुव्यवस्थित गरिनेछ ।
६. एक घर–एक धारा कार्यक्रमलाई सुव्यवस्थित गरी शुद्धीकरणका साथ शुद्ध खानेपानीको सु–प्रबन्ध
गरिनेछ ।
७. सिमलफेद–जोगिगाडे ९दुल्लभ मार्ग० सडकको स्तरोन्नति गरिनेछ । सिमलफेद–खमारे विवादित
सडकलाई विशेष पहल गरी निर्माण गरिनेछ । सिमलफेद–मैथुम–कठेरीचौर सडक, टारीफाँट भित्री
सडक लगायत अन्य सडकहरुको आवश्यकता अनुसार ग्राबेल तथा स्तरोन्नति गरिनेछ । साथै गोरेटो
बाटोहरुको आवश्यक मर्मतसम्भार गरिनेछ ।
८. कृषिमा आधुनिककरणका लागि कृषि सडक निर्माणका जोड दिइनेछ ।
९े. वडाको मुख्य कृषि उत्पादन क्षेत्र टारीफाँट लगायत वडाभित्रका सम्भाव्य कृषि योग्य भूमिहरुमा
सिंचाइको सुविधा उपलब्ध गराउन आवश्यक पहलकदमी गरिनेछ ।
१०. माटोको पहिचान गरी सो सुहाउँदो कृषि फसल उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
११. निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी कृषि प्रणालीमा रुपान्तरण गर्न कृषि बजार तथा हाट
बजार सेवा उपलब्ध गराइनेछ । विशिष्ट ढङ्गले कृषि पेशा गर्ने कृषकलाई अनुदान र सम्मानको
प्रबन्ध गरिनेछ ।
१२. वडाभित्र दर्ता भएका कृषि फर्म तथा साना घरेलु उद्योगहरुको विकासमा प्रोत्साहन गरिनेछ ।
पशुपालन, बाख्रापालन, मत्स्यपालन तथा मौरी पालन व्यवसायलाई विशेष प्रोत्साहन गरिनेछ ।
१३. ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको मुडुलेथुम्कोएवं तान्द्राङकोटको पहिचानलाई
माथि उठाउन वडा नं. २ सँग सहकार्य गर्दै धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र
उक्त स्थलसम्म मोटरबाटो पुर्याइनेछ ।
१४. वडाको महत्वपूर्ण दर्शनीय स्थलको पहिचान गरी एउटा सुन्दर पार्क बनाइनेछ साथै उचित स्थानको
पहिचान गरी वृद्धवृद्धाको लागि आराम र व्यायाम गर्ने स्थल बनाइनेछ ।
१५. अग्रजहरुलाई सम्मान, युवाहरुलाई प्रोत्साहन, आर्थिक सामाजिक विकास एवं भिमसेनथापा–३ को
समग्र समृद्धिको अभियानलाई साकार तुल्याइनेछ ।
१६. खेलकूद विकासतर्फ भइरहेका संरचनाहरुलाई स्तरोन्नति गरी निर्माणाधीन गाउँपालिका स्तरको
कुलीगैरा खेलकूद मैदानलाई सुव्यवस्थित गरिनेछ ।
१७. जेष्ठ नागरिक, वडाभित्रका उत्कृष्ट शिक्षण संस्था, मेधावी शिक्षक तथा विद्यार्थीहरु एवं विशिष्ट
प्रतिभाहरुलाई सम्मान गरिनेछ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
१८. वडाभित्र रहेका प्राकृतिक स्रोत साधनहरुको पहिचान, संरक्षण लगायत वन संरक्षण, पाटीपौवा,
चौतारा, मठमन्दिर, विभिन्न संस्कृति, बुढीगण्डकी वृद्धाश्रम तथा नेपालकै एकमात्र लक्ष्मीनारायण
धामको उचित व्यवस्थापन, संरक्षण, सम्बद्र्धन एवं विकासमा जोड दिइनेछ ।
१९. सूचना प्रविधिको विकासका लागि इन्टरनेटको सुलभ पहुँच, विद्युतीकरण सेवाको प्रभावकारीतामा
बढोत्तरी, विभिन्न संघसंस्थाको सहयोगमा आवश्यक स्थलमा सोलार बत्ती जडानमा जोड दिइनेछ ।
२०. विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी बेरोजगार युवाहरुलाई स्वरोजगार तथा महिला
उद्यमशीलताका लागि सीपमूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२१. बुढीगण्डकी आयोजनाबाट प्रभावित बासिन्दाहरुको पुनर्बास तथा पुनस्र्थापना, रिङरोड लगायतका
विकास कार्यक्रमहरुमा उच्च सतर्कतासहित आयोजनासँग समन्वय तथा सम्बन्ध विकास गरी ठोस
कार्यहरु गरिनेछ ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्