लायन विमान दुर्घटना : मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु

दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।
अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबार पछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताए।
विगत ४८ घण्टाको अन्तरालमा मृत शरीरका कुनै सङ्केत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समूद्रमा जीबित रहनसक्ने सम्भावना नरहेकोले मृतकको खोजी कार्य रोकिएको छ, स्यायुगीले सञ्चारकर्मीसँग बताए ।
“उद्धारका क्रममा मृतकका शरिरका विभिन्न १९६ नमूनाहरू भेटिएको र तीमध्ये ७९ जनाको शरिर पहिचान भै अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ,”उनले भने ।
“ दुर्घटना भएको केही समयभित्रैदेखि उद्धार शुरू गरेको र जिम्मेवारी अनुसार काम गरेको जानकाी गराउन चाहन्छौैँ । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरिरको खोजी रोक्ने निर्णय गरेका छौँ ।”
मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउने गरी घोषणा गरेको रकम शनिबार उप्रान्त वितरण गरिने लायन एअर कम्पनीले जनाएको छ ।
इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ब्लाक बक्स रडाटा रेकर्डर फेला पारेको र ककपिट भ्वाइस रेकर्डरको खोजी जारी रहेको जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #lion airlines
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्