बिहीबारे बजारमा आगलागी

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए ।
तामाङ परिवार साँझ खाना खाएर सुत्न गएकाबेला एक्कासी आगलागी भएको र आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट दुवै घरका नौ वटा सटर जलेर ध्वस्त भएका छन् । दुई वर्षीय बालक पनि जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
एकै घरका चारदेखि पाँच वटा सटरमा सामग्री रहेकाले ठूलै क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब नियन्त्रणमा आएको र कति धनमालको क्षति भयो भन्नेबारे थप अनुसन्धानपछि बाहिर आउने जनाइएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्