भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौं । स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनको बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।
कांग्रेको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ । पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाहरूलाई अब स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशनरमहाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्न समेत निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन समेत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्