धरौटीमा छुटेका बानियाँका आफन्तले बयान फेर्न दबाब दिएको पीडितको आरोप

जुम्ला । मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेको पीडितको भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेको पीडितको दुखेसो छ ।
पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक संजाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिने गरेका छन् । उनका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बयान चेन्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने हो ।’
१६ फागुनमा पक्राउ परेका बानियाँविरुद्ध एक महिलाले नेपालगञ्जको अप्सरा होटलमा जबर्जस्ती करणी गरेको उजुर दिएकी थिइन । यसपछि बानियाँ सांसदबाट निलम्बन भएका थिए ।
पीडित महिलाले उनलाई धरौटीमा रिहा गरेर अन्याय भएको बताएकी छन् । उनले भनिन, ‘एक त आफू अन्यायमा छु त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेकाले छ । झनै असुरक्षित महसुस भइरहेको छ ।ु
अन्तिम फैसला नहुँदै संसद छिर्ने बानियाँको प्रयास
प्रतिनिधिसभाका निलम्बित सांसद बानियाँ पदबहालीको निवेदनसहित एक महिनाअघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो ।
बलात्कार आरोपमा थुना परेपछि पाँच लाख धरौटीमा छुटेका उनी पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए ।
सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए । उनले भने, ‘उनको निवेदन दर्ता गरिएको छैन, उनी आउँदैमा हामीले निवेदन दर्ता गर्न मिल्दैन, हामी कानुनअनुसार अगाडि बढ्ने छौँ । बाँके जिल्ला अदालतले २ चैतमा धरौटीमा उनलाई छोडेको थियो । मुगु खत्याड गाउँपालिका–३ का बानियाँ एमालेका समानुपातिक सांसद हुन् ।– न्युज कारखाना
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्