यस्तो छ कांग्रेस चुनावी सभाको साताव्यापी सेड्युल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदैछन् ।
विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।
चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँ–कहाँ हुँदैछ सभा ?
वैशाख २२ गते– चितवनको भरतपुरमा
वैशाख २३ गते– काठमाडौंमा
वैशाख २४ गते– रुपन्देहीको बुटवलमा
वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा
वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा
वैशाख २६ गते– कैलालको धनगढीमा
वैशाख २७ गते– डडेल्धुरामा
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्