मकवानपुरमा लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको सनाखत हुन सकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।
यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमातखोलामा खसेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्