Techie IT
मंगलबार, वैशाख ९,२०८२

टोखा नगरपालिकामा गठबन्धनबाट जेगप्रसाद नेपाल उपमेयरको उम्मेदवार


काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि टोखा नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जेगप्रसाद नेपाल उपमेयरको उम्मेदवार बनेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चुनाव जितेर लामो समय टोखा नगरपालिका– ८ मा वडाध्यक्ष भएका नेपाल बिचमा एमालबाट फुटेर हाल एकीकृत समाजवादी पार्टी बनेपछि उनी एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

सोहीअन्तर्गत नेता नेपाल गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार बनेका छन् । नेककपा एकीकृत समाजवादी टोखा नगर कमिटीका संयोजक समेत रहेका नेपालले आफू टोखा नगरपालिका– ८ को वडाध्यक्ष हुँदा गरेका धेरै विकास निर्माणका कामले जनाताको मन जितेको समेत बताए ।

त्यसैले पनि सिंगो नगरपालिकाकै उपमयरमा चुनाव जितेर थप विकास गर्ने उनले बताए । ८ वडामा आफूले गरेका विकास निर्माणकै आधारमा जनताको मत पाएर चुनाव जित्ने नेता नेपालले दाबी गरे ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545