Techie IT
मंगलबार, वैशाख ९,२०८२

भरतपुरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहालको उम्मेदवारी दर्ता


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने ९लब्ली’ रहेका छन् ।

भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545