काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाले दिए उम्मेदवारी

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । प्रमुखमा स्वतन्त्रतर्फ नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलकातर्फबाट सात जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १२ पुरुष र चार महिलाले उम्मेदवारी दिएका छन् ।
ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता गराएका छैनन् । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनय गर्न सक्ने व्यवस्था गरेको छ । ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दिने बताइएको छ ।
कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिए ।
यस्तै स्वतन्त्ररुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्