Techie IT
शनिबार, वैशाख ६,२०८२

कक्षा १२ को परीक्षा समय परिवर्तन


 

काठमाडौं ।  कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।

दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #कक्षा १२, #राष्ट्रिय परीक्षा बोर्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545