Techie IT
बुधबार, वैशाख १०,२०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्मका लागि सरेको छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश शनिबार दिउँसो ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका बारेमा छलफल हुने बताइएको छ । बैठकमा उपस्थिती हुन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
31°
Fair
5:29 am6:34 pm +0545