सचिवालय बैठक : महानगर र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वार छनोटमा छलफल
![](https://www.sajhapana.com/wp-content/uploads/2022/04/Uml-sachibalay-Meeting.jpg)
काठमाडौ । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक बिहिबार बसेको छ ।
बैठकमा पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने तयारीदेखि महानगर र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वार छनोट सम्वन्धमा छलफल भएको थियो ।
बैठकले शुक्रबार पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेद्वारहरुको छनौटबारे छलफल शुरु भएको छ । जसअनुसार महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट बैशाख १० गते हुने एमाले केन्द्रिय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेद्वार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल भएको थियो ।
बैठकले बिशेष अवस्था र सम्भावनालाई ख्याल गर्दै गण्डकी र लुम्बिनी प्रदेश सभासद्हरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
सचिबालयको अर्को बैठक बैशाख १० गते बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #सचिवालय बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्