Techie IT
मंगलबार, वैशाख ९,२०८२

मेरो उम्मेदवारीले विदुर नगरपालिकामा एमालेको विरासत राख्छ : मेयरका आकांक्षी श्रेष्ठ


काठमाडौं । आगामी बैशाख देशमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु प्रत्यक नगरपालिका, महानगरपालिका तथा उपमहानगरपालिकाको नेतृत्वका लागि आकांक्षा राखेर उम्मेदवारी दिने तयारीमा लागेका छन् । साथै, उनीहरुले विभिन्न विकासका योजना पनि अघि सारेका छन् ।

यसै सन्धर्वमा नुवाकोट जिल्लाको सदरमुकाम विदुर नगरपालिकाको मेयरका एमलेबाट आकांक्षी अनुज श्रेष्ठले पनि आफ्नो चुनावी तयारी गर्दै विकासका योजना अघि सारेका छन् ।

हाल नेकपा एमाले विदुर नगर कमिटीका सचिव समेत रहेका उनले विगतका निर्वाचनमा उक्त नगरपालिकमा एमालेले सानदार विजयी हासिल गर्दै आएको भन्दै अहिले पनि त्यस स्थानमा चुनाव जितेर पार्टीले कायम गरेको एमालेको विरासत राख्ने दाबी गरे ।

नेता श्रेष्ले पार्टीले उठाएका समृद्ध नाराहरु तथा शुखी नेपालीको महा अभियानलाई जोडेर पार्टी गतिविध गरिरहेको बताए । साथै, उनले उक्त नगरपालिकामा विगतमा एमालेले गरेका विभिन्न विकासका काम देखेर जनताहरु पनि आफूहरुप्रति आकर्षित रहेको जिकिर गरे । नेता श्रेष्ठले आफूसँगै एमालेबाटै अन्य नेताहरुले पनि मेयरको आकांक्षा राखेहो बताए ।


क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot, #विदुर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545