Techie IT
बुधबार, वैशाख १०,२०८२

एमाले र लोसपाले पनि गरे वीरगञ्जमा चुनावी गठबन्धन


वीरगञ्ज । आगामी बैशाख ३० मा देशभर हुन लागेको स्थानीय तह निर्वाचनको लागि विभिन्न राजनीतिक दल चुनावी तालमेलमा लागेका छन् । सत्ता गठमन्धल दललले गठबन्धन गरिरहेका बेला नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् ।

नगरप्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।उक्त तालमेलबारे सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545