Techie IT
मंगलबार, वैशाख ९,२०८२

कांग्रेसलाई तरुणहरूले जिताउनुपर्छ : अध्यक्ष गुरुङ


 

। नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गर्ने बताएका छन् ।

शनिबार नेपाल तरुण दल सुनवलद्वारा आयोजित बृहत् तरुण भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले तरुणहरूले आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

कांग्रेसले निर्वाचन जित्नुपर्ने बताएका उनले कांग्रेस पराजित भयो भने मुलुकमा लोकतन्त्र पराजित हुने बताएका छन् ।

उनले अहिलेको लडाइँ भनेको लोकतन्त्र र ओलीतन्त्रवीचको भएको बताएका छन् । लोकतन्त्र, संविधान र महिलाहरूको रक्षाका लागि कांग्रेसले जित्नुपर्ने उनले बताएका छन् ।

उनले कांग्रेस नेतृत्वको गठवन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

कांग्रेसको जुनसुकै उम्मेदवार भए पनि त्यस्ता उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए ।

तरुणको सक्रिय भुमिका रहनुपर्ने र कांग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको ठूलो भूमिका रहने उनले बताएका छन् ।

गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ सहयोग गर्नुपर्ने अध्यक्ष गुरुङले बताएका छन् ।

निर्वाचनका बेला अन्तरघात गरेर आधिकारिक उम्मेदवारलाई हराउने कार्य भयो भने अनुशासनको कारबाही गर्ने पनि उनले बताएका छन् ।

कार्यक्रममा अध्यक्ष गुरुङले एमाले, माओवादी केन्द्रसहित विभिन्न दल परित्याग गरेका युवा र तरुणलाई कांग्रेसमा प्रवेश गराएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, तरुण दल सुनवल नगर समितिका अध्यक्ष पविन गुरुङलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्ववान गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545