गठबन्धन दलहरुबीच मुगुमा हुन सकेन सहमति

मुगु । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा मुगुका चार दल छलफलमै व्यस्त छन् । केन्द्रबाटै जिल्लामा स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरु छलफलमा व्यस्त बनेका हुन् ।
तालमेलको विषयमा छलफल गर्न नेपाली कांग्रेसका जिल्ला सभापति ऐन बहादुर शाही, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कर्णाली प्रदेशका सह ईन्चार्ज तथा प्रदेश सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाही, नेकपा माओवादि केन्द्र र जसपाका जिल्ला स्तरीय नेताहरु छलफलमा जुटेका हुन् ।
उनीहरुले तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरेको करिब एक हप्ता भइ सकेको छ । तर, हालसम्म टुगो लाग्न सकेको छैन । शुनिबार दिउँसो बसेको गठबन्धनको बैठकमा पनि कुनै सहमति जुट्न सकेन ।
बैठक आइतबार विहान ७ बजे पुन बस्ने कांग्रेसका जिल्ला सभापति शाहीले बताए । ‘हामी भोलि नै टुंगो लगाउँछौं, र भोलि नै केन्द्रमा तालमेलको विषयमा जानकारी गराउँछौँ’, उनले भने ।
निर्वाचन नजिकिँदै जादा यति खेर उम्मेवादार छनोटमा जानु पर्ने हो । तर उनीहरु उम्मेदवार त परै जाओस् तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन् । कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्