Techie IT
मंगलबार, वैशाख ९,२०८२

सूर्यविनायकको उपमेयरमा एमालेबाट यी आठ जनाले गरे दाबी


काठमाडौं । यही बैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले सूर्यविनायक नगरपालिकाको उपमेयरको लागि आठ जनाले दाबी गरेका छन् ।

सुर्यविनायक नगर कमिटीको छैटौँ बैठकबाट नगर उपप्रमुखको लागि आठ जनालाई सिफारिस गरिएको सुर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए ।

उक्त नगर कमिटी बैठकले जुना बस्नेत, सरिता भटटराई, लक्ष्मि अधिकारी, तारा सापकोटा, ममता राउत, अम्बिका बस्नेत, बिना बस्नेत र तारा खड्का राउतलाई सिफारिसमा गरिएकोअध्यक्ष सापकोटाले बताए ।

भक्तपुर जिल्ला कमिटि सदस्य समेत रहेकी जुना बस्नेत हाल सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा कार्यरत छन् ।

त्यसैगरी जिल्ला कमिटि सदस्य सरिता भट्टराई सक्रिय एमाले नेतृ एवं सहकारी क्षेत्रको प्रतिनिधित्व गर्छिन् भने लक्ष्मि अधिकारी अनेमसंघ क्षेत्रिय कमिटि सदस्य साथै पार्टीको सूर्यविनायक नगर कमिटिमा रहेकी छन् ।

त्यस्तै अम्बिका बस्नेत, बिना बस्नेत, तारा खड्का राउत पनि पार्टीका विभिन्न भूमिकामा काम गरिरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545