Techie IT
मंगलबार, वैशाख ९,२०८२

बझाङमा जिपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु


बझाङ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । प्रहरीका अनुसार उक्त जीपमा चालक सार्की एक्लै सवार थिए ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545