तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, कसलाई गरियो सिफारिस ?

तनहुँ । भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको थियो ।
उक्त मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी भएको बताइएको छ । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका छन् ।
फेरि मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचिबाट बाहिरिएका छन् । मेयरका आकांक्षी भवानीशंकर लम्सालले पनि १० मत प्राप्त गर्दा सिफारिस हुने मौकासमेत पाएनन् ।
उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । पाँच जना उपमेयरमा आकांक्षी थिए । खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । उपमेयरमा इच्छा व्यक्त गरेका दिना गोतामे ३१ र पवित्रा थापा मगरले ४० मत मात्रै पाएका छन् ।
आकांक्षीकै सहमतीमा मतदान भएको नेकपा एमाले भिमाद नगर कमिटीका कार्यालय सचिव लालु थापाले बताए । ‘आकांक्षी धेरै हुनुभयो । सिफारिस थोरैको पठाउनुपर्ने । कोही पनि पछाडी हट्न नचाहोपछि मतदान भएको हो’, उनले भने । मतदानबाट कार्यकर्ताले अनुमोदन गरेका मेयर र उपमेयरका आकंक्षीको नामावली जिल्ला कमिटीमा पठाएको उनले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्