Techie IT
सोमबार, वैशाख ८,२०८२

२५ लाखभन्दा बढी मूल्यको सुनसहित तीन जना नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ


काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा काठमाडौं आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रहरीले हरेक व्यक्तिबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा, सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन् । तीनै जनाले पाइन्टको कम्मरको भागमा फल्स बटम बनाइ अवैध रूपमा सुन ल्याएका थिए । उक्त सुनको मूल्य रु २५ लाख ५६ हजारभन्दा बढी रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


क्याटेगोरी : अर्थ, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545