भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीको झगडा, गठबन्धन बैठक स्थगित

चैत। सत्ता गठबन्धनले भागवन्डा गरी स्थानीय तहको निर्वाचनमा जाने निर्णयसँगै मोडालिटी तयार पार्न बसेको बैठकमा कांग्रेस र माओवादीको झगडा परेको छ।
खासगरी भरतपुर महानगरपालिकाको विषयमा दुई पार्टीबीच विवाद उत्पन्न भएको हो। कांग्रेसले यस पटक भरतपुर महानगरपालिका आफूलाई राखेर माओवादीलाई अन्य लिनका लागि दबाब दिएको स्रोतले बताएको छ।
६ महानगरमा कांग्रेसलाई तीन वटा दिन गठबन्धनका अन्य दल तयार छन्। तर, कांग्रेसले चार महानगरमा दाबी गरेको छ। ललितपुर, पोखरा, बिराटनगर र भरतपुरमा कांग्रेसको दाबी छ। उसले काठमाडौं महानगरपालिका माओवादीलाई र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने प्रस्ताव अघि सारेको छ।
तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि महानगरमा दाबी गरेको थियो। कांग्रेस माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई महानगरपालिकाको उम्मेदवार दिन इच्छुक छैन।
उता माओवादीले भने भरतपुर महानगरको दाबी राखेको छ। तर, कांग्रेसले चितवन जिल्ला समितिले निर्णय गरीसकेको अवस्थामा दिन नसकिने अडान कायम राख्यो। एक नेता भन्छन्,‘कुरो भरतपुर महानगरपालिका र भागवन्डामा नै अड्किएको छ।’
सत्ता गठबन्धनभित्र ६ महानगर, ११ उपमहानगर, नगर र स्थानीय तहको भागबन्डाको विषयमा विवाद जारी छ
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भरतपुर महानगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्