आइपीएल क्रिकेटमा राजस्थान र दिल्लीको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हासिल गरेको छ ।
राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित हासिल गरेको हो । उक्त जितको लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो । लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।
राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो । राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।
उक्त जितसँगै राजस्थान ४ खेलमा ३ जित र १ हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाचौं स्थानमा छ । यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।
दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो । कोलकत्ताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए ।
दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो । दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउदा पृथ्वी शले ५१ रनको योगदान गरे ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्